काठमाडौँ । अहिले देशको पहाडी भू-भागका थोरै स्थानहरुमा र तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरो लागेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।
आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको समेत संभावना रहेको छ।
यस्तै आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपाको संभावना रहेको महाशाखाको पूर्वानुमान छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया