विक्रेताको कमिशन वृद्धि

लोकपथ
0
Shares

नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीच निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन वृद्धि गर्ने सहमति भएको छ । निगममा केन्द्रीय कार्यालयमा आज भएको छलफलमा दुई पक्षबीच कमिशन वृद्धि गर्ने सहमति भएको हो ।

निगम सञ्चालक समितिको निर्णयअनुसार अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिशन तीन प्रतिशत र डिजलको कमिशन २.६५५ मा क्रमशः ०.३९५५ र ०.४७५ ले वृद्धि गरी पेट्रोलमा ३.३९५५ र डिजलमा ३.१२५ पु¥याउने निर्णय गरेको थियो । दुई पक्षबीच निगम सञ्चालक समितिको निर्णयअनुसार कमिशन लागू गर्ने सहमति गरिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

कमिशन वृद्धि गर्दा हुने मूल्य समायोजनअनुसार पेट्रोल र डिजलमा प्रतिलिटर औसत ३६ पैसाले थप हुनेछ । पेट्रोल र डिजलमा दिइआएको क्रमशः १० लिटर प्रति चार किलोलिटर र तीन लिटर प्रति चार किलोलिटर जर्ती हाललाई स्थगन गरिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?