संसद् पुनःस्थापना गर्न चाहनेलाई ओलीले ठूलो राष्ट्रद्रोही ठाने: ठाकुर

लोकपथ
0
Shares

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि परेको सङ्कटकै कारण संसद् विघटन गर्न पुगेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीले सङ्कट उत्पन्न गरी आफूलाई ठूलो राष्ट्रवादी भन्न रुचाउने र संसद् पुनःस्थापना गर्न चाहनेलाई उनले ठूलो राष्ट्रद्रोही ठान्ने गरेको रोप लगाए ।
राष्ट्रिय इञ्जिनीयर सङ्घको राष्ट्रिय भेलालाई आज जनकपुरधाममा सम्बोधन गर्दै उनले सङ्घीय संरचना प्राप्त भए पनि शासन विभेद् गर्नेहरूको हातमा भएकाले त्यसको प्रतिफल प्राप्त हुन सकेको नसकेकाे बताए ।

सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जनताका लागि संविधान र व्यवस्था आउन नसकेका कारण देशमा पटक पटक समस्या उत्पन्न हुने गरेको धारणा राखे ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले जनताको विश्वास गुमाइ सक्नुभएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?