आमाको शवलाई १० वर्षसम्म फ्रिजमा राख्ने एक महिला पक्राउ परेकी छिन् । ४८ वर्षकी युमी योसिनोले १० वर्षअघिदेखि आमाको शवलाई फ्रिजमा लुकाएर राखेको स्विकारेकी हुन् ।
जापानी नागरिक उनी आमासँग टोकियोस्थित फ्ल्याटमा बस्दै आएकी थिइन् । आमाको मृत्युपछि आफु उक्त फ्ल्याटबाट बाहिरिनुपर्ने भय उनलाई थियो । त्यसैले मृत्युको सूूचना लुकाउनका लागि आमाको शवलाई फ्रिजमै लुकाएर राखेको ती महिलालाई उदृत गर्दै जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
शवमा कुनै चोट भने नदेखिएको स्थानीय प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया