जिल्ला अस्पताल रुम्जाटार र ओखलढुंगा सामुदायीक अस्पतालमा सञ्चालित दुई छुट्टा छुट्टै शिबिरबाट साढे चारसय बढी स्वास्थ्यकर्मीले कोराना बिरुद्धको खोप लगाएका छन् । गत माघ १५ गतेबाट जिल्ला अस्पतालमा सञ्चालित तिन दिने शिबिर तथा ओखलढुंगा सामुदायीक अस्पतालमा माघ १६ र १७ गते सञ्चालित शिबिरबाट ४ सय ८३ जना स्वास्थ्यकर्मीले कोरोना बिरुद्धको खोप लगाएका हुन् । जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीका अनुसार जिल्लामा पहिलो प्रथामिकता स्वारुप अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा सरसफाईका कर्मचारीलाई खोप लगाईएको छ ।
जिल्लामा कोरोनाको खोप लगाएका केही ब्यक्तीहरुमा भने सामान्य खालको ज्वारोको लक्षण देखिएको छ । तर स्वास्थ्य कार्यालयले भने सामान्य समस्या देखिएपनि आत्तिन नपर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया