ओलीको अकर्मण्यताबाट मुक्तिको लागि ताजा जनादेशमा जानुपर्ने थापाको टिप्पणी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको अकर्मण्यताबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त हुने टिप्पणी गरेका छन् । सामाजिक संजाल ट्वीटरमा टिप्पणी गर्दै अध्यक्ष थापाले ओलीको असफलता र अकर्मण्यताबाट मुक्ति पाउन भए पनि निर्वाचनमा जानुपर्ने धारणा राखेका हुन् ।

उनले निर्वाचनमा जानु ओली वा सरकारको समर्थन नभई संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यताप्रतिको विश्वासको अभिव्यक्ति बताएका छन् ।

“नयाँ चुनावमा जांदा संविधानको हत्या हुन्छ भन्नु संविधान/प्रजातन्त्र सम्मत छैन,” उनले लेखेका छन्, “नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन। संसदीय प्रजातन्त्र र संवैधानिक मूल्यमान्यता प्रतिको बिश्वासको अभिव्यक्ति हो। केपी ओलीको असफलता/अकर्मण्यताबाट मुक्तिको लागि पनि ताजा जनादेश उपयुक्त हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?