बागलुङ । बागलुङ जेसीजले यस वर्षको ‘जेसीज उत्कृष्ट युवा सम्मान’ बागलुङ नगरपालिका–१ का वडा सदस्य सूर्य लामिछानेलाई प्रदान गरेको छ । बागलुङ जेसीजको ४३ औँ पदस्थापना समारोहमा शुक्रवार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले कोरोना महामारी नियन्त्रण र रोकथामको अभियानमा जनप्रतिनिधिका रुपमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै लामिछानेलाई सम्मान गरे।
समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने युवा व्यक्तित्वलाई बर्सेनि ‘जेसीज उत्कृष्ट युवा’ सम्मान प्रदान गर्ने गरिएको जेसीजका अध्यक्ष आनन्दप्रसाद रेग्मीले बताए । शुक्रवार नै रेग्मी नेतृत्वको जेसीज बागलुङको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । निवर्तमान अध्यक्ष सुरेन्द्र शाक्यले नवनिर्वाचित अध्यक्ष रेग्मीलाई पद हस्तान्तरण गरेका छन् । त्रिचालीस वर्षअघि स्थापित बागलुङ जेसीज युवाको व्यक्तित्व र नेतृत्व विकासमा क्रियाशील छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया