प्रधानमन्त्री कपको उपाधिका लागि आज आर्मी र एपीएफ भिड्दै

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज एपीएफ र आर्मी खेल्दैछन् । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्रिकेट मैदानमा बिहान ९ बजे हुने खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

दुबै टोली समूह ‘ए’ बाट फाइनल प्रवेश गरेका हुन् ।सेमिफाइनलमा आर्मीले समूह ‘बी’ को विजेता वाग्मती प्रदेशलाई  र एपीएफले नेपाल पुलिस क्लबलाई हराएर फाइनलमा भेट पक्का गरेका हुन् ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनलिस्ट टिमहरुले ५० हजार रुपैयाँ, प्लेयर अफ द सिरिजले ५० हजार तथा बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?