उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको संभावना

काठमाडौँ । अहिले देशका पहाडी भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने तराई भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

महाशाखाका अनुसार आज राती पनि यी क्षेत्रमा मौसम बदली रहि उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?