श्रोत नखुलेको ४ लाख ३० हजार रुपैयाँसहित एक पक्राउ

रौतहट– रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित महादेवपट्टिबाट एपीएफ टोलीले माघ १५ गते श्रोत नखुलेको ४ लाख ३० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको गरुडा नगरपालिका ६ बस्ने २७ वर्षिय सुरेन्द्र यादव छन् ।

प्रदेश नम्बर ३–०१–०२२ च ६३२८ नम्बरको  गाडीमा सवार यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेपछि निजले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका यादवलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?