क्यानले यी १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणका लागि १८ जना खेलाडीलाई बोलाएको छ । कतार बाइल्याट्रल टी–२० खेल्न जाने नेपाली क्रिकेट टिमलाई बन्द प्रशिक्षणमा बोलाइएको हो।

युवा खेलाडीले भरिएको टोलीमा उपकप्तान दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव छन् । यस्तै, टोलीमा सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंश ऐरी, अभिनाष बोहरा, पवन शर्राफ, कृष्ण कार्की, साहब आलम छन् ।

खेलाडीको सूचीमा पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेष्वाकर, बसन्त रेग्मी, सन्दीप लामिछाने लगायतको नाम समावेश गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?