अमेरिकी विदेशमन्त्री ब्लिन्केनको बयानले चीन रुष्ट, पोख्यो यस्तो आक्रोश

काठमाडौं । अमेरिकाका विदेश मन्त्री एन्टनी ब्लिन्केनले वीगर मुसलमानलाई लिएर दिएको बयानले चीन रुष्ट बनेको छ ।

चीनको विदेश मन्त्रालयले बिहीवार एक बयान जारी गर्दै वीगर मुसलमानमाथि अत्याचारको आरोप खारेज गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले यसको जवाफ दिएका हुन् ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीवार भएको प्रेस कन्फ्रेन्समा भने, ‘चीनमा कुनै जनसंहार भएको छैन, चीनमा कुनै जनसंहार भएको छैन, चीनमा कुनै जनसंहार भएको छैन, सबैभन्दा मत्वपूर्ण कुरा दोहोर्याएर भन्नुपर्छ ।’

china

अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिन्कनले वीगर मुसलमानलाई चीनले जनसंहार गर्न लागेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?