माउन्ट के टू आरोहीहरुलाई ज्ञानेन्द्र शाहले दिए बधाई

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले विश्वकै दोस्रो ठुलो हिमाल माउन्ट के टू आरोहीहरुलाई बधाई दिएका छन् ।

बुधवार एक शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले सर्वाधिक चिसो मौसममा पनि शाहसका साथ आरोही निर्मल पूर्जासहितको टोलीलाई बधाई दिएका हुन् ।

हिमाल आरोहण गरेर नेपाली आरोहीहरुले गरेको प्रयत्नबाट विश्वमानै नेपाल र नेपालीको प्रतिष्ठा वृद्धि भएको अनुभूति गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?