काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम इतिहासको पानाबाट हट्ने टिप्पणी गरेका छन् ।
बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्ने काम अलोकतान्त्रिक र असंवैधानिक रहेको बताउँदै जनताको हक अधिकार खोस्ने पंक्तिमा प्रधानमन्त्रीको नाम रहने दाबी गरे ।
शहीद दिवसका अवसरमा काठमाडौंको शान्तिबाटिकामा आयोजित कार्यक्रममा बोल्दै त्यस्तो बताएका हुन् ।
“नेपालको इतिहासमा केपी ओलीको नाम लेखिनेछैन् । नेपाली जनताको अधिकार खोसिनेहरुको पंक्तिमा भेटिनेछ ।” उनले भने ।
त्यस्तै संसद विघटनविरुद्ध कांग्रेसका केही नेताहरुको नीति स्पष्ट नभएका कारण जनताहरु अल्मलिएको बताए । पद पाउने कुरामा कांग्रेसका केही नेताहरु लागेको आरोप लगाउँदै लड्डु कांग्रेसको संज्ञा दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया