देउराली-जनताको ३० औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । देउराली-जनता फर्मास्यूटिकल्स प्रालिले आफ्नो ३० औँ वार्षिकोत्सव सम्पन्न गरेको छ।

कोरोना महामारीका कारण ३०औं वार्षिकोत्सव कार्यक्रम भौतिक रुपमा उपस्थित भइ मनाउन नपाएको कम्पनीले जनाएको छ ।

नेपालमा विगत तीन दशकदेखि निरन्तर रुपमा गुणस्तरिय औषधिहरु उपलब्ध गराउने कार्यमा लागिपरेको यस कम्पनीले असल व्यावसायिक छविको बिकाश गर्दै नेपालमै अत्यावश्यक औषधिहरु उत्पादन शुरु गरेको ३० वर्ष पुगेको कम्पनीले जनाएको छ ।

उत्पादनको तीन दशकको दौरानामा देशमा विभिन्न राजनीतिक आन्दोलन, परिवर्तन एबं बिभिन्न प्राकृतिक प्रकोप र कोरोना महामारीको अवस्थामा समेत आफ्नो उत्पादनलाई तिव्रता दिएको जनाएको छ ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो उत्पादनलाई सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ, “तीन दशकको अविरल यात्रामा हामीलाई सहयोग गरिरहनु भएका बिभिन्न सरकारी र स्थानिय निकायका पदाधिकारीहरु, चिकित्सक हरु, औषधि व्यावसायिहरु, पत्रकारहरु, कम्पनीका व्यावसायिक साझेदारहरु, स्वास्थ्यसंग सम्बन्धित बिभिन्न निकायका पदाधिकारीहरु र यस कम्पनीका सबै शुभेच्छुकहरु एबं यस कम्पनीमा कार्यरत आफ्नो व्यावसायिक जिम्मेवारी निर्बाह गर्दै, निरन्तर र अथक परिश्रमि वैज्ञानिक, प्राविधिक लगायत सबै तहका कर्मचारीहरुलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौँ ।”

देउराली जनता औषधि उत्पादनको क्षेत्रमा अन्तर्राष्ट्रिय प्रबिधि आयात गर्ने पहिलो र एकमात्र उद्योगको रुपमा स्थापित गरी अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीता कायम गर्दै नेपालमा पहिलो ISO-9001; ISO-14001 का प्रमाणपत्रहरु प्राप्त गरेको जानकारी दिँदै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको समेत जनाएको छ । त्यस्तै WHO-GMP को अवधारणा अनुसार “कुशल उत्पादन अभ्यास” लाई लागु गर्ने पहिलो नेपाली कम्पनी भएकोमा समेत हामी देउराली–जनता परिबार गौरवान्वित भएको जनाएको छ ।

त्यस्तै हाल कम्पनीले अत्यावश्यक जीवन रक्षक औषधिहरु लगायत दिर्घ रोग लगायतका अन्य रोगहरुको उपचारमा आवश्यक पर्ने Capsule, Tablet, Liquid, Ointment, Dry Power लगायतका ३३० प्रकारका औषधिहरु अनुसन्धान गर्ने, उत्पादन गर्ने र तीे उत्पादनहरुको गुणस्तरीयता निर्धारण गर्ने अत्याधुनिक प्रबिधि र उपकरण सहितको सुबिधा सम्पन्न भवन निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीता कायम गरि उत्पादन गरेका औषधिहरु नेपाली जनतालाई उपलब्ध गराईरहेकोे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?