‘पार्टनर’ सँग खटपट परिरहन्छ ? प्रेम सफल बनाउन अपनाउनुहोस् यस्ता उपाय

लोकपथ
0
Shares

काठमाडौं – कुनैपनि व्यक्तिलाई आफू र आफ्नो ‘पार्टनर’को सम्बन्ध राम्रो र सुमधुर होस् भन्ने चाहना हुन्छ । तर, समयको व्यस्तताका कारण होस् या अन्य कुनै कारणले अधिकांश मानिसहरुको आफ्नो पार्टनरसँगको सम्बन्ध राम्रो हुँदैन ।

सुमधुर सम्बन्धको चाहना हुँदाहुँदै पनि किन उनिहरुको सम्बन्ध राम्रो हुँदैन ? कहाँ चुकेका हुन्छन् प्रेम जोडीहरु ?

आज हामी तपाईंलाई विभिन्न एजेन्सीको सहयोगमा सम्बन्ध कसरी राम्रोे र सुमधुर बनाउने भन्ने जानकारी दिँदैछौँ ।

१. विश्वासको सिर्जना गर्नुहोस् ।

२. आफूलाई माया गर्नुहोस् सुन्दर बन्नुहोस्, सम्बन्धमा पनि तपाईको ‘बेष्ट भर्सन’ देखाउनुहोस्।

३. रहस्यमय मान्छे बन्नुहोस् ताकी तपाईको बारेमा हरेक कुरा पार्टनरलाई थाहा नहोस् । किनकी तपाईले विगतमा भोगेका कुरा सुनेपछि झगडा पर्दा पार्टनरले त्यहि पोईन्टलाई समातेर तपाईप्रति अविश्वासको वातावरण पैदा गर्न सक्छ ।

४. राम्रो कामको लागि खुलेर समर्थन गर्नुहोस् । सपोर्ट गर्नुहोस् । म साथ छु भन्ने आभाष दिलाउनुहोस् ।

५. उसलाई कहिल्यै परिवर्तन गर्न नखोज्नुहोस् । किनकी हरेक मान्छेको आफ्नै प्रकृतिको आनीबानी र व्यवहार हुन्छ ।

६. जहिले आत्मविश्वासी बन्नुहोस्ः विशेषगरी पुरुषको अगाडी, उसले कहिले अर्को पाटर्नरको खोजि गर्ने छैन । हरेक कुरामा पर्फेक्सन दिनुहोस् ।

७. हाँस्न नरोकिनुहोस्, नडराउनुहोस् , बरु निर्धक्क बानी विकास गर्नुहोस् ।

८. प्रतिबन्ध नलगाउनुहोस्ः कहिलेकाहिँ साथिहरुसँग रमाउन दिनुहोस्, घुम्न दिनुहोस्, जहिले उसलाई फ्री समय र ठाउँ दिनुहोस  ऊ आफूलाई मन लाग्ने क्रियाकलाप गर्न सकोस् ।

९. अनावश्यक शंका नगर्नुहोस्  ।

१०. अनावश्यक किचकिच गर्ने, प्रश्न थोपर्ने, चियोचर्चो गर्ने, अरुको प्रशंसा गर्ने, शंकाको वातावरण बनाउने काम नगर्नुहोस्

११. अध्ययनशील बन्नुहोस्, नयाँ कुराबारे ज्ञान लिनुहोस्, विश्व दुनियाँबारे ‘अपडेट’ हुनुहोस् ।

१२.  झुटो बोल्ने, अजासु अति जान्ने सुन्ने बन्ने, गफ दिने, मान्छे उचाल्ने, कुरौटे बानी, कुरा काट्ने, अरुलाई उडाउने आनीबानी छ भने आजै त्याग्नुहोस्।

१३. सकारात्मक सोच राख्नुहोस्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?