समयको विषयलाई लिएर प्रधानन्यायाधीश राणा र अधिवक्ता श्रेष्ठबीच विवाद

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा निरन्तर बहस भइरहेको छ ।

शुक्रवारको बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रर शमशेर राणा र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठबीच संवैधानिक इजलासमा सवाल जवाफ भएको छ ।

बहस गर्न वरिष्ठ अधिवक्ता श्रेष्ठले ५ घण्टा समय मागेपछि प्रधानन्यायाधीश राणाबीच केहीबेर यही विषयमा विवाद भएको हो ।

यसैक्रममा प्रधानन्यायाधीश राणाले कसैलाई पनि समय नतोक्ने कि वरिष्ठलाई ? भन्दै श्रेष्ठमाथि प्रश्न गरेका थिए ।

प्रतिउत्तरमा अधिवक्ता श्रेष्ठले रिपिट भयो भने मात्र आफूलाई रोक्न अन्यथा समय दिन आग्रह गरेका थिए।

बहसमा आउने बित्तिकै प्रधानन्यायाधीश राणाले आफ्ना भनाइहरु १५ मिनेटमा राखिसक्न भनेका थिए । तर श्रेष्ठले आफूलाई ५ मिनेटले नपुग्ने बताएका थिए ।

प्रधानन्यायाधीश राणाले सबैको कुरा सुनेर फैसला छिटो सुनाउनुपर्ने भएकाले ५ घण्टा दिन नसकिने बताए । तर श्रेष्ठले आफ्नो अडान कायम नै राखेकाले १ घण्टाको समयसीमा तोकिदिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसको विरुद्द सर्वोच्चमा दर्जनबढी रिटहरु दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?