चिनियाँ स्मार्टफोन कम्पनी साओमीको बजार हिस्सामा गम्भीर धक्का

काठमाडौं । अमेरिकी प्रशासनको नयाँ नीतिले चिनियाँ अर्थतन्त्रमा थप नकारात्मक धक्का लाग्ने देखिएको छ ।

आफू वहिर्गमन हुनु अगाडि ट्रम्प प्रशासनले चिनियाँ सामाग्रीको प्रयोगमा लगाएको प्रतिबन्धले चिनियाँ अर्थतन्त्रसँगै त्यहाँका केही उत्पादमा गम्भीर असरपर्ने देखिएको हो ।

अमेरिकी रक्षा विभागले हालै चिनियाँ स्मार्टफोन कम्पनी साओमी लगायत विभिन्न नौ वटा कम्पनिको उत्पादनको प्रयोगमा रोक लगाएको छ । जुन निर्णय चिनियाँ स्मार्टफोन साओमीका लागि चिन्ताको विषय बनेको छ । केही समय अगाडि मात्रै एप्पललाई पछि पार्दै विश्वकै तेस्रो ठूलो स्मार्ट फोन निर्माता कम्पनी बन्न पुगेको साओमीक लागि अमेरिकी प्रशासनको यो निर्णयले अपुरणीय धक्का लाग्न पुगेको सिएनएनले उल्लेख गरेको छ ।

बजार इन्टेलीजन्स फर्म आईडीसीका अनुसार साओमीका लागि यो चिन्ताको विषय हो । अमेरिकी प्रशासनको यो निर्णयसँगै साओमीले यसअघि कायमगर्न सकेको उसको अग्रणी स्थान छ गुम्छ नै सिङगो अमेरिकी बजारमा प्रवेश नपाउँदा अन्य धेरै कम्पनीले उसलाई पछि पार्ने बिश्लेषण समेत हुन थालेको छ ।

पटक पटक सुरक्षा जोखिमको चुनौतिमा समेत फसिसकेको साओमीका लागि नयाँ चुनौतिसँगै अब पुनः आफ्नो बजार पुर्ववत् अवस्थामा कायम राख्न सहज नभएको सिएनएनको समाचारमा उल्लेख छ ।

सिएनएनमा प्रकाशित समाचार अनुसार अमेरिकाको उक्त निर्णयसँगै साओमीको शेयर मुल्यमा समेत १० प्रतिशत भन्दा बढीले गिरावट आएको छ । अमेरिकी निर्णय कार्यान्वयनमा आएपछि साओमीका फोनमा गुगल सेवा समेत बन्द हुने अवस्था देखिएको छ । यस्तो भएको खण्डमा साओमिका प्रयोगकर्ताहरुको संख्यामा ठूलो गिरावट आउन सक्ने बिश्लेषकहरुको अनुमान छ ।

यसअघि चाइनिज फोन साओमीका प्रयोगककर्तामा गोपनियता र सुरक्षाको बिषयमा समेत गंभिर चुनौति देखिएको थियो । उक्त फोन मार्फत अनाधिकृत रुपमा प्रयोगकर्ताहरुको मोबाइलको कल रेकर्डिङ, ट्यापिङ लगायतका काम हुने हुनाले ती फोनको प्रयोगकर्ताको गोपनियता माथि प्रश्न उठेको थियो । विभिन्न अध्ययनहरुले देखाएअनुसार यो फोन साओमी एमआई १०, साओमी रिडमी के २०, साओमी मिक्स थ्रि लगायतका फोनमा यस किसिमका समस्या बढी देखिएको बिश्व प्रशिद्ध फोब्स पत्रिकाले छापेको थियो ।

साओमी फोनका विभिन्न प्रयोगकर्ताहरुको पोर्न भिडियो हेरेको डाटा बाहिर आएपछि यो फोनका कमजोरी सार्वजनिक भएका थिए । उक्त घटनाले साओमीका प्रयोगकर्तामा उल्लेख्य ह्रास आउने बिश्लेषण अध्ययनहरुको छ । साइवर सुरक्षासम्वन्धी अनुषन्धानकर्ता एन्ड्रयु डियरनीले गरेको एक अध्ययनले साओमीले गुगल प्लेमा धेरै तथ्याङक तथा व्राउजरहरु पठाएको देखाएको छ ।

त्यसले लाखौं प्रयोगककर्ताको गोपनियता भंग हुने अवस्था उत्पन्न भएको फोब्स म्यागेजिनमा छापिएको समाचारमा उल्लेख छ । साओमी कम्पनीले भने सो मोबाइलको प्रयोगकर्ताको डाटा सुरक्षित गर्ने क्रममा त्यो बाहिरिएको स्वीकार गरेको छ । साओमीको एउटा मात्र नभई धेरै सिरिजका फोनहरुमा यो समस्या देखिएकोले प्रायेगकर्तामा मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ । यससँगै आगामि दिनमा ती वाहिरएका गोप्य डाटाहरुले पार्ने प्रभाव झनै चुनौतिपूर्ण हुने उल्लेख गरिएको छ ।

उक्त फोनको प्रयोगकर्ताहरुका सबै गतिविधी ट्रयाकिङ हुने भएकोले यो झनै खतरनाक कुरा भएको निष्कर्श अनुसन्धानकर्ताहरुले निकालेका छन् । साओमीसँगको सहकार्यमा यी डाटाहरु जो सुकैले पनि पाउने र प्रयोग गर्नसक्ने देखिएको फोब्सको समाचारमा उल्लेख छ ।

उक्त समाचारमा जनाइएअनुसार साओमीका एकजना ग्राहक आफूले बोकेको साओमीको फोनसेटसहित फोब्सको कार्यालय पुगेका थिए। त्यसपछि फोब्सले यो विषयमा आफ्नो खोजी कार्य अगाडि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?