संयुक्त राष्ट्रसंघ प्रमुख गुटरेसले लगाए कोरोना भ्याक्सिन

काठमाडौं । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले बिहीवार न्यूयोर्कमा कोरोना भ्याक्सिन लगाएका छन् ।

उनी ब्रान्क्सको भ्याक्सिन सेन्टर पुगे र त्यहाँका मिडिया अगाडि बसेर भ्याक्सिनेशन गराए । पछि भने, ‘म खुशी छु र आम मानिसलाई धन्यावाद दिन्छु, किनभने वहाँहरुले पनि भ्याक्सिनेशन गर्नुभएको छ, साथै मलाई भ्याक्सिनेट गराउनेलाई पनि धन्यवाद ।’

उनले यो महामारीबाट भ्याक्सिनेशन नगरेसम्म कोहि पनि सुरक्षित नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?