काठमाडौं । गत वर्षको क्रिसमसमा हलिउड अभिनेत्री पामेला एण्डरसनले छैटौँ पटक विवाह गरेकी छन् । ५३ वर्षकी पामेलाले आफ्नै बडीगार्ड डेन हायरस्टसँग क्रिसमसमा विवाह गरेकी हुन् ।
बडीगार्ड डेन हायरस्टसँग् क्रिसमस २०२० मा विवाह गरेकी हुन् । तर यी उनका पाँचौँ श्रीमान हुन् । वास्तवमा उनले एकैव्यक्तिसँग दुई पटक विवाह गरेकी थिइन् ।
जसका कारण गणनामा उनको यो छैटौँ विवाह हो । दुवैको विवाह भ्यांकुवर आइल्याण्डमा भएको थियो । उनको पहिलो विवाह टमी लीसँग १९९५ मा भएको थियो ।
उनबाट पामेलाले दुई छोरा ब्रेण्डन थोमस र डायलेन जोगरलाई जन्म दिइन् । ३ वर्षपछि १९९८ मा उनीहरुको सम्बन्ध बिच्छेद भयो । पामेलाले दोश्रो विवाह सिंगर किड रकसँग २००६ मा गरिन् । तर एक वर्षमै उनीहरु अलग भए । २००७ मा पामेलाले रिक सालोमनसँग विवाह गरिन् तर २००८ मा उनीसँग पनि सम्बन्ध बिच्छेद भयो ।
पछि पाम र रिकले २०१४ मा फेरि विवाह गरे र २०१५ मा फेरि सम्बन्ध बिच्छेद गरे ।
२०२० मा पामेलाले पाँचौँ पटक पीटर्ससँग विवाह गरिन् तर उनीसँग विवाह भएको १२ दिनमै उनीहरुको डिभोर्स भयो । यो बाहेक पामेला र विकीलीक्सका फाउण्डर जूलियन असान्जेसँगको सम्बन्ध पनि चर्चामा रह्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया