इन्फ्रास्ट्रक्चरको आइपीओ बाँडफाँड, कसको भागमा कति ?

काठमाडौं । नेपालमा निष्काशन गरिएकामध्ये हालसम्मै ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रारम्भिक शेयर (आइपीओ) बाँडफाँड भएको छ ।

निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा शुक्रवार (आज) बाँडफाँड आइपीओ बाँडफाँड भएको हो।

क्यापिटलका अनुसार निफ्राको आईपीओ १४ लाख ७५ हजार ८ जनाले प्राप्त गरेका छन् । १० देखि ५० कित्ता शेयर माग गर्नेलाई माग अनुसार नै शेयर वितरण गरिने भएको क्यापिटलले जनाएको छ। यस्तै ६० कित्तादेखि २ लाख कित्तासम्म माग गर्नेलाई ५० कित्ता अनिवार्य र थप १० कित्ता शेयर बाँडफाँड गरिएको छ ।

त्यस्तै ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट बाँडफाँड गरिएको जनाइएको छ ।
जसअनुसार ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाउने भएका छन् । आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८ वटा आवेदन योग्य बनेको छ । आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?