नयाँ फिल्मको शूटिङमा डराए अमिताभ

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चनले आफ्नो फिल्म मे डे को शूटिङ शुरु गरेका छन् । तर उनी शूटिङको पहिलो दिन धेरै नर्भस भएका थिए ।

उनले सोसल मिडियामा लेखे, ‘हे भगवान, नयाँ फिल्मको पहिलो दिन सधैँ नराम्रो सपनाको जस्तै हुन्छ, डरा र लगातार आशंक । सोच्छु कि, यो भयो भने के होला ?के यसलाई स्वीकार गरिन्छ, टाढा भागेर लुक्न चाहन्छु ।’

अजय देवगणको निर्देशनमा बनिरहेको यो फिल्ममा अमिताभ बाहेक अजय देवगण र रकुल प्रीत सिंह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?