पार्टनर जर्जिनासँग छुट्टि मनाइरहेका रोनाल्डोविरुद्ध नियम उल्लंघन गरेको आरोप, अनुसन्धानमा प्रहरी

काठमाडौं । पोर्चुगल र युभेन्टसका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो समस्यामा पर्न सक्ने बताइएको छ । उनीविरुद्ध कोरोना नियम उल्लंघन गरेको आरोप लागेको छ ।

कोरोनाको समयमा उनी २ दिन रेस्टा पहाडमा छुट्टि मनाउन गएका थिए ।

अहिले प्रहरीले यस आरोपविरुद्ध जाँच गरिरहेको छ ।

इटालियन क्लव युभेन्टसबाट रोनाल्डो आफ्नो पार्टनर जर्जिना रोड्रिग्ससँग छुट्टी मनाउन मंगलवार र बुधवार नर्थ वेस्ट इटालीको वालले डि आस्टा क्षेत्रमा छुट्टि मनाउन गएका थिए ।

उनीहरुको भिडियो सोसल मिडियामा अहिले भाइरल भइरहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?