काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शहीदहरूले बलिदान दिएकै कारण हामीले निर्वाध रुपमा नागरिक अधिकारको प्रयोग गर्न पाइरहेको बताएका छन् ।
सामाजिक सञ्जालमा शहीद दिवसको शुभकामना दिँदै नेता सिंहले शहीद गंगालाल श्रेष्ठले जेलमा रहँदा गणेशमान सिंहसँग बोलेको अन्तिम वाक्य स्मरण गरेका छन् ।
शहीद गगांलालले शहीद हुनुभन्दा अघि जेलभित्रै गणेशमानलाई ‘डोन्ट फर्गेट माई ब्लड’ भनेको जुन कुरा अहिले थप ताजा भएको आएको बताए । “शहीद हुनुअघि गंगालाल श्रेष्ठले जेलभित्रै गणेशमान सिंहलाई भन्नुभएको अन्तिम वाक्य ‘डोन्ट फर्गेट माई ब्लड’ आजको दिनमा थप ताजा भएर आएको छ । शहिदहरूले बलिदान दिएकैले आज हामीले निर्वाध नागरिक अधिकारको प्रयोग गरिरहेका छौं ।” उनले भने ।
देश नै बन्द कठघरा जस्तो रहेका बेला प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताका लागि लड्दालड्दै शहीद भएकाहरु सँधै नेपाली जनताको मनमुटुमा रहने बताए ।
नेता सिंहले चारै शहीद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्दप्रति श्रद्धाञ्जली अर्पण गर्दै शहीदहरुले देखाएको बाटोमा हिँड्ने प्रण समेत गरेका छन् ।
“स्वतन्त्रताको लामो श्वास फेर्न पाइरहेका छौं । देश नै बन्द कठघराजस्तो रहेका बेला प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताका लागि लड्दालड्दै सहिद हुनुभएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द सधैं नेपालीको मनमुटुमा रहिरहनुहुनेछ । शहिद दिवसको दिन उहाँहरूप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शहीदहरूले देखाएको बाटोमा हिँड्ने प्रण गर्दछु ।” उनले भने ।
उनीहरूको बलिदानबाट प्राप्त उपलब्धिमाथि आज सरकारमै रहेकाहरूबाट खतरा देखिएको बताएका छन् ।
त्यस्तै शहीदहरुले बलिदानबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने केपी ओली प्रवृत्तिविरूद्ध अहिले एक भएर लड्नुपर्ने अवस्था आएको बताए।
त्यस्तै अझैपनि शहीदहरुले देखेको सपना साकार हुने बाँकी रहेको बताए । नागरिकका अधिकार पूर्ण स्थापित गर्न, जनताको जीवनस्तर उठाउन र देशलाई समृद्ध बनाउनुपर्ने काममा इमान्दार भएर लाग्न पनि यो दिनले हामी सबैलाई उत्प्रेरित गर्न सकोस भन्दै कामना गरेका छन् ।
“अझै पनि सहिदहरूले देख्नुभएको सपना साकार हुन बाँकी छ । सहिदले देखेका सपना सार्थक बनाउने सामर्थ्य हामीलाई प्राप्त हुन सकोस् । उनले भने, “नागरिकका अधिकार पूर्ण स्थापित गर्न, जनताको जीवनस्तर उठाउन र देशलाई समृद्ध बनाउनुपर्ने काममा इमान्दार भएर लाग्न पनि यो दिनले हामी सबैलाई उत्प्रेरित गर्न सकोस् ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया