पाँचखाल नगरपालिकाद्वारा मानव सेवा घरलाई नगदसहित ब्ल्याङ्केट सहयोग

RSS
0
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले धुलिखेल नगरपालिका–४ स्थित बाँसघारीमा रहेको मानव सेवा घरलाई १० थान ब्ल्याङ्केट उपलब्ध गराउनुका साथै दुई लाख नगद सहयोग गर्ने भएको छ ।

जाडोको समयमा समस्यामा रहेका उनीहरुलाई सो सामग्री उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । सडकमा बेवारिसे अवस्थामा रहेको मानवलाई उद्धार गरी सेवा घरमा आश्रय दिएर सेवा गर्दै आएको सो संस्थालाई जिल्लाका विभिन्न पालिकाले यसअघि पनि सहयोग गर्दै आएका छन् । त्यस्तै सेवा घरको अवलोकन गरेपछि पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले नगरको तर्फबाट ब्ल्याङ्केट हस्तान्तरणसहित दुई लाख नगद उपलब्ध गराउने घोषणा गरेका हन् । नगरप्रमुख खरेलले मानव सेवा घरमा रहेका वृद्धवृद्धा तथा बालबालिकाका लागि व्यक्तिगतरूपमा कपडा संकलन गरेर वितरण गर्नेसमेत बताएका छन् ।

यसैबीच नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाईँले नगद पाँच हजार तथा लेखापाल सुशीला पाठकले एक हजार ५०० सहयोग गरेका छन् । सेवा घरमा बालबालिका र वृद्धवृद्धा गरी ३५ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?