नोवाभ्याक्स भ्याक्सिनको ट्रायल सफल भयो : बेलायती प्रधानमन्त्री

काठमाडौं । कोरोना भाइरसको संक्रमण सारा विश्वमा नै व्याप्त छ ।

यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार राती देशमा नोवाभ्याक्स भ्याक्सिनको सबै ट्रायल्स सफल भएको बताएका छन् ।

जोनसनले भने, ‘मसँग एक राम्रो खबर छ, हाम्रोमा नोवाभ्याक्स भ्याक्सिनको ट्रायलको नतिजा सफल रह्यो, यो ट्रायलमा सहभागी बन्ने सबैलाई धेरै धन्यवाद । हाम्रो रेग्युलेटर अब भ्याक्सिनलाई स्वीकृति दिन सक्छ, यदि स्वीकृति मिलेमा हामी ६ करोड भ्याक्सिनको अर्डर दिनेछौँ ।’

हेल्थ मिनिस्टर म्याट हनूकले यसलाई ठूलो सफलता भएको बताए । ट्रायलमा भ्याक्सिन ८९.३ प्रतिशत इफेक्टिभ पाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?