हेर्नुहोस् आज सुनचाँदीको बजारमूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा स्थितरता छाएको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार रहेको थियो । त्यस्तै आज पनि त्यहि मूल्य अर्थात ९२ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदी १२ सय ४५ रहेको थियो । भने आज चाँदीको मूल्य बृद्धि भइ प्रतितोला चाँदी १२ सय ८५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?