रबाडा सबैभन्दा छिटो २०० विकेट लिने तेश्रो बलर बने

काठमाडौं । दक्षिण अफ्रीका क्रिकेट टीमका तीव्र गतिका बलर कागिसो रबाडा सबैभन्दा छिटो २०० विकेट लिने तेश्रो बलर बनेका छन् । यो उपलब्धि उनले करियरको ४४ औँ टेस्टमा ८ हजार १५४ बलमा प्राप्त गरेका हुन् ।

उनले पाकिस्तानविरुद्ध खेलिएको कराँची टेस्टमा यो उपलब्धी प्राप्त गरेका हुन् ।

२०० विकेट लिने बलरको स्ट्राइक रेटमा रबाडा टपमा रहेका छन् । उनले ४०.८ स्ट्राइक रेटबाट यो विकेट लिएका हुन् । यो मामिलामा हमवतन डेल स्टेन दोश्रो नम्बरमा रहेका छन् ।

जसले ४२.३ को स्ट्राइकमा ४३० टेस्ट विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?