फिल्म इण्डस्ट्री छोडिसकेकी सना खानले लेखिन् यस्तो ‘स्टाटस’

काठमाडौं । पूर्व बलिउड टिभी अभिनेत्री सना खानले सोसल मिडियामा एक नोट पोस्ट गरेकी छन् । उनी अहिले आफूविरुद्ध बनिरहेका नेगेटिभ भिडियोबाट धेरै हैरान छिन् ।

उनले कसैको नाम उल्लेख नगरि लेखेकी छन्, ‘कोहि व्यक्ति मेरो अतीतमा घुस्न खोजिरहेको छ ।’

सना पूर्णरुपमा अभिनयको दुनियाँबाट टाढा बनिसकेकी छन् र आफ्नो विवाहीत जिन्दगीमा धेरै खुशी छन् ।

उनले लेखेकी छन्, ‘कसैले सोसल मिडियामा मेरो नेगेटिभ भिडियो बनाइरहेको छ,तर मैले धैर्य राखिरहेको छु, अब मेरो बारेमा एक व्यक्तिले नराम्रो भिडियो बनाएर बकवास गरिरहेको छ । म एकदम हैरान बनिसकेकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?