दशरथचन्द नगरपालिकामा आज सार्वजनिक विदा

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । शहीद दिवसको अवसरमा नगरपालिकाले आज सार्वजनिक विदा दिएको हो । आज नगरपालिकाभित्रका सबै शैक्षिक संस्था, वडा कार्यालय र नगरपालिकाको कार्यालय बन्द रहेको नगरपालिकाले जनाएको छ ।

यसैबीच आज शहीद दशरथ चन्दको जन्मभूमिमा विशेष कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदै छ । शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले आज सुन्दरखालीबाट र्यालीसहित शहीद चन्दको घरमा पुगेर श्रद्धाञ्जलीसभा आयोजना गर्दैछ ।

जहानियाँ राणा शासनकोविरुद्ध आवाज उठाएका दशरथ चन्दलाई तत्कालीन शासकले वि.सं १९९७ माघ १५ गते काठमाडौंको शोभा भगवतीमा गोली हानी हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?