प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माद्वारा कार्यसम्पादन सम्झौता

RSS
0
Shares

मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा बिहीवार प्रादेशिक सञ्चार प्रतिष्ठानले कार्यसम्पादन सम्झौता गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलबीच कार्यसम्पादन सम्झौता भएको हो ।

सो अवसरमा कार्यकारी निर्देशक शर्माले कार्यसम्पादन सम्झौतापछि प्रतिष्ठानले काम शुरु गर्ने जानकारी दिँदै प्रशिक्षण कार्यविधि, साङ्गठनिक संरचना निर्माणलगायतका काम शुरु गरिने बताए । प्रतिष्ठानको नियमावलीमा कार्यसम्पादन करारपछि मात्रै प्रतिष्ठानको काम शुरु हुने व्यवस्था छ । प्रतिष्ठानले पत्रकारको क्षमतावृद्धि, सञ्चारगृहसम्बन्धी नीति निर्माण, पत्रकारिता क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान, सूचनाको हक र पत्रकार आचारसंहितासम्बन्धी सचेतना अभिवृद्धिलगायत काम गर्ने छ ।

प्रदेश नं १ को मन्त्रिपरिषद्को गत पुस ६ गतेको बैठकले वरिष्ठ पत्रकार शर्मालाई प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?