‘केही नेताको स्वभाव ढुलमुले देखियो’- उपप्रधानमन्त्री पोखरेल

RSS
0
Shares

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्र केही नेताको स्वभाव ढुलमुले प्रवृत्तिको भएको बताएका छन् ।

सुनसरीको दुहबीमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालय सदस्य पोखरेलले पार्टीभित्र संँगसंँगै अघि बढ्ने भनी गरिएका सहमतिको विपक्षमा गई केही व्यक्ति स्वार्थ लिप्तमा लागेको आरोप लगाए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध प्रदेश सरकारमा पेश भएको अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको बताए । प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री जगदीशप्रसाद कुशियत, पार्टी नेत्री भगवती चौधरीलगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?