टी १० लिगमा करणको पनि डेब्यू, सोमपाल सम्मिलित मराठाको विजयी सुरुवात

काठमाडौं । टी–१० क्रिकेट लिग दोस्रो खेलमा डेक्कन ग्लाडियटर्स र पुणे डेभिल्स बीच खेल जारी छ ।

युएईमा शअबुधाबीको शेख जायद स्टेडियममा हुने खेलमा पुणेले टस जितेर फिडिल्ङ रोजेको छ । पुणेमा नेपालका अलराण्डर करण केसी आवद्ध रहेका छन् । आजको खेलमा करण प्लेईंग ११ मा परेका छन् । यो उनको टी१० मा डेब्यू खेल हो ।

आजको पहिलो खेलमा सोमपाल कामीले पनि डेब्यू गरेका थिए । सोमपाल कामीले २ ओभरमा २८ रन खर्चेपनि विकेट लिन सकेनन् । डेब्यू खेलमा सोमपलले टोलीको प्रमुख तीव्र गतिको बलरको रुपमा खेल्दै पहिलो र अन्तिम ओभर गरेका थिए ।

खेलमा मराठाले नर्दन वारियर्सलाई ५ विकेटले पराजित गरेको छ । बिहिबार मराठाले नर्थन वारियर्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?