कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्यमा झर्‍यो

काठमाडौँ– नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ। पछिल्लो २४ घण्टामा कसैले पनि कोरोना संक्रमणबाट ज्यान गुमाएका छैनन।

पछिल्लो २४ घण्टामा तीन हजार ७९१ जनाको पिसिआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१३ सहित हालसम्म सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार ५८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा निको भएका २९६ जनासहित कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार २० पुगेको छ । मन्त्रालयका अनुसार हाल ११३ क्वारेन्टिनमा र २०३ जना आइसोलेशनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?