ज्योति विकास बैंकमा नयाँ सञ्चालक

काठमाडौं । ज्योति विकास बैंकमा नयाँ सञ्चालक चयन भएको छ ।

बैंकको १३ औं वार्षिक साधारणसभा बैंकमा नयाँ सञ्चालक चयन गरेको हो । सो साधारणसभाले हरिचन्द्र खड्काको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

खड्काको नेतृत्वमा चयन भएको सो नयाँ सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट गोसाई केसी ‘भण्डारी’, हरिचन्द्र खड्का, मोहनबहादुर बस्नेत, सन्तोष अधिकारी र छत्रमान श्रेष्ठ रहेका छन् ।

त्यस्तै,सर्वसाधरण शेयरधनीको तर्फबाट ध्रुव कोईराला, नारायणप्रसाद पौड्याल र गोकर्ण खतिवडा निर्विरोध चयन भएको बैंकले जनाएको छ । बैंक संचालक समितिले उनीहरुलाई ४ वर्ष कार्यकालका लागि चयन गरेको हो ।

बैंकको सो साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ भने आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैंंकले १० प्रतिशत बोनश शेयर पारित गरेपछि बैंकको चुँक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ ।

बैंकले कोरोना भाइरस (कोभिड १९) महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत् सम्पन्न गरेको थियो ।

हाल बैंकका १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत् बैंकिङ सेवा उपलब्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले करिब ४६ अर्ब निक्षेप संकलन गरी ३७ अर्ब लगानी गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?