सरकारको विरोधमा कार्टून प्रदर्शन

लोकपथ
0
Shares

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले कार्टून प्रदर्शनी मार्फत सरकारको विरोध गरेको छ । बिहीवार काठमाडौंको रत्नपार्क स्थित शान्तिवाटिकामा पछिल्लो राजनीतिक घटनाक्रमलाई व्यङ्ग्य गर्दै तयार पारिएका विभिन्न कार्टून मार्फत सरकारको विरोध गरेको हो ।

No description available.

मोर्चाका संयोजक सिपी गजुरेलले संसदीय पार्टीका नेताहरुको चरित्र र अहिलेको गणतन्त्रलाई कार्टून मार्फत देखाइएको बताए । यस्तै पछिल्लो राजनीतिक घटनाक्रमबाट अन्योलमा परेका जनतालाई बुझाउन पनि कार्टून प्रदर्शनी गरिएको बताए ।

No description available.

प्रदर्शनीमा राखिएका कार्टूनहरुले देशमा परिवर्तन आउन नसकेको, राष्ट्रिय स्वाधिनताको रक्षा हुन नसकेको, देशको विकास र समृद्धि हुन नसकेको र रोजगारी पाउन नसकेर अन्योलमा परेका नागरिकहरुलाई समेत देखाइएको संयोजक गजुरेलले बताए ।

No description available.

कार्टूनमार्फत अन्योलमा परेका जनतालाई अहिलेको राजनीतिक दलहरुले कुनै निकास दिन नसक्ने सन्देश दिन खोजिएको पनि संयोजक गजुरेलले प्रष्ट पारे ।

No description available.

अहिलेको व्यवस्थाले जनतालाई निकास नदिने भएकाले अव नयाँ परिवर्तन ल्याउन नयाँ विकल्पको खोजि गर्नुपर्ने पनि संयोजक गजुरेलले बताए । देशमा संघीय जनगणतन्त्र ल्याउनुपर्ने कुरालाई पनि कार्टूनमार्फत देखाउन खोजिएको उनको भनाई छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?