चार पूर्व प्रधान न्यायाधीशलाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले चार पूर्व प्रधान न्यायाधीशसँग सात दिनभित्र लिखित जवाफ दिन माग गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले अवहेलना मुद्दामा अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले दायर गरेको रिटमाथि आज (बिहीवार) सुनुवाई गर्दै विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो । चारैजना पूर्व प्रधानन्यायाधीशले केही समयअघि संयुक्त विज्ञप्तिसमेत जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?