प्रधानमन्त्री ओलीलाई लिखित जवाफ लिएर स्वयं उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

ओलीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा परेको निवेदनमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी भएको हो।

अदालतले ओलीलाई आफैं उपस्थित हुन आदेश दिएको हो । प्रधानमन्त्रीको अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाको उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दायर गरेका थिए ।

त्यस्तै, पूर्व सभामुख दमननाथ ढुंगाना तथा पूर्व न्यायाधीशहरू मिनबहादुर रायमाझी, सुशीला कार्की सहितविरुद्ध परेको निवेदनमा समेत कारण देखाउ आदेश जारी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?