नेपालमा कोरोना : थप २१३ जनामा संक्रमण पुष्टि, पछिल्लो २४ घण्टामा मृतक संख्या शुन्य

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा कसैको पनि निधन नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार २० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २९६ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २०३ रहेको छ ।

अहिलेसम्म नेपालमा २० लाख ६० हजार ८६० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ११३ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?