डब्ल्यूएचओले जारी गर्यो नयाँ एडभाइजरी

काठमाडौं । कोरोना भाइरस महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । अहिलेसम्म १० करोड भन्दा धेरै मानिसलाई कोरोना भाइरस संक्रमण भइसकेको छ ।

कोरोना भाइरसबाट बच्नका लागि युद्ध जारी छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ एडभाइजरी जार िगरेको छ ।डब्ल्यूएचओका प्रवक्ता मार्गेटका अनुसार रिकभरीपछि पनि संक्रमितमा लगातार लक्षण देखिरहेको छ ।यदि तपाईले शरीरमा रगतको गति रोक्ने किसिमको औषधिको प्रयोग गरिरहनुभएको छ भने, यसको डोज घटाउनुहोस्

कोरोना संक्रमितले पल्स अक्सीमेट्रीको प्रयोग गर्न आवश्यक छ, यसको सहयोगले घरमा नै शरीरमा अक्सीजनको लेभल चेक गर्न सकिन्छ । अक्सीजन घटिरहेको छ भने तपाईले डाक्टरसँग सम्पर्क गर्न आवश्यक छ ।

यदि बिरामी अस्पतालमा छ र उसलाई बाहिरको अक्सीजन दिइएको छ भने उसलाई पेटको आडमा सुताउनुपर्छ । यसबाट शरीरमा अक्सीजनको फ्लो राम्रो हुन्छ ।

डब्ल्यूएचओका अनुसार रगत जम्ने किसिमको औषधि लिइरहेको भएमा त्यसको डोज कम गर्न आवश्यक छ ।हाई डोजले तपाईको समस्या झनै बढाउँछ ।

डब्ल्यूएचओका अनुसार चीन र भारतको जनसंख्यालाई हेरेर कोरोना भ्याक्सिनेशन प्रोग्राम २०२२ सम्म चल्ने बताइएको छ ।विश्वका ५० गरिब देशमा २०२३ सम्म भ्याक्सीन उपलब्न हुन सक्नेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?