साम्बाको ह्याट्रिकमा एपीएफको शानदार जित

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले शानदार जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीवार भएको खेलमा एपिएफले पुलिसमाथि ३–० को शानदार जित निकालेको हो ।

साम्बाले खेलको ३३ औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । त्यस्तै खेलको ५६ औं मिनेटमा साम्बाले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् ।

त्यसपछि खेलको ८४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् ।

एपीएफले ४ खेलमा १२ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको पुलिसले ५ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?