अभिनेत्री श्रीमतीसँग चार्टड प्लेनमा भ्याक्सिन लगाउन गएका करोडपतिको जागिर चैट्

काठमाडौं । क्यानडामा एक करोडपतिलाई अभिनेत्री श्रीमतीसँग सुदूर क्षेत्रमा गएर कोरोना भ्याक्सिनको डोज लगाउनाले जागिरबाट निकालिएको छ ।

एक क्यासिनो कम्पनीका सीईओ रोडनी बेकरले समय भन्दा पहिले नै भ्याक्सिन लगाउनको लागि चार्टड प्लेनबाट सुदूर क्षेत्रमा गएका थिए ।त्यहाँ गएर कपलले आफूलाई एक होटलको कर्मचारी बताएका थिए ।

५५ वर्षका उनले आफ्नी ३२ वर्षीया अभिनेत्री श्रीमती एकातेरिना बेकरसँग भ्याक्सिन लगाए ।

उनले स्थानीय सभिल इमर्जेन्सी कानून उल्लंघन गरेको बताएका छन् ।

कपल १९ जनवरीमा युकोनको राजधधानी ह्वाइटहर्स गएका थिए । त्यसमा उनीहरुले १४ दिन क्वारेन्टाइनको पालना पनि गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?