पेस्तोलसहित एक जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२६ स्थित टिफेन रेष्टुरेण्ट नजिकबाट सोही महानगरपालिका सामाखुसी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका २८ वर्षीय कृष्ण चौलागाईलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंकास्पदरुपमा हिँडिरहेका अवस्थामा फेला पारी जाँच गर्ने क्रममा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?