श्रद्धाको विवाहको खबरमा रिएक्शन : के रोहन श्रेष्ठसँगै विवाह गर्छिन् श्रद्धा ? यसो भन्छन् बुबा शक्ति कपूर

काठमाडौं । बलिउड अभिनेता वरुण धवनले हालै सोसल मिडियामा एक संकेत दिएका थिए कि, अभिनेत्री श्रद्धा कपूर छिटै फोटोग्राफर रोहन श्रेष्ठसँग् विवाह गर्न सक्छन् ।

पोस्ट भाइरल भएपछि अब श्रद्धा कपूरका बुबा तथा चर्चित अभिनेता शक्ति कपूरको रिएक्शन आएको छ ।

एक अन्तर्वार्तामा उनले श्रद्धा र रोहन धेरै राम्रा साथी भएको बताएका छन् ।

तर आफूलाई छोरीले रोहनसँग रिलेशनलाई लिएर कति सीरियस छ भन्ने कुरा थाहा नभएको बताएका छन् ।

तर श्रद्धाको निर्णयमा आफू सहमत भएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?