प्रिमियर लिग फुटबल : लिभरपुल र टोटेनहम भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुल र टोटेनहम भिड्दै छन् । टोटेनहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदै छन् । लिभरपुलले १९ खेलमा ३४ अंक जोड्दै पाँचौ स्थानमा रहेको छ ।

यस्तै, टोटेनहम लिभरपुललाई हराएर शीर्ष पाँच भित्र उक्लने दाउमा हनेछ ।

टोटेनहम १८ खेलमा ३३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?