एलन मस्क Vs जेफ बेजोस : विश्वका दुई धनी व्यक्तिबीच शुरु भयो स्याटेलाइट इन्टरनेटको युद्ध

काठमाडौं । संसारका दुई धनी व्यक्ति अहिले विवादमा छन् । हामी कुरा गर्दैछौँ, एलन मस्क र जेफ बेजोसको बारेमा । दुबैजना ठूलो संख्यामा स्याटेलाइट लञ्च गर्न चाहन्छन् ।

यी स्याटेलाइटको सहयोगमा धर्तीमा इन्टरनेटको सप्लाइ गरिनेछ । यस्तोमा दुवैजनाको बीचमा सोसल मिडियामा अन्तरिक्षमाथि कब्जाको विषयलाई लिएर युद्ध शुरु भएको छ ।

मस्कले सोसल मिडियामा स्पेसएक्सको माध्यमबाट अमेजनको आलोचना गरेका छन् ।

उनले जेफ बेजोसको कम्पनीविरुद्ध स्टारलिंकको रणनीतिको बारेमा गलत दाबी गरेको आरोप लगाएका छन् । स्टारलिंक एक स्याटेलाइट इन्टरनेट कन्स्टलेशन (तारामण्डल) हो । यसले स्पेसएक्स अपरेट गर्दछ ।

के हो विवाद ?

स्पेसएक्सका निर्देशक डेविड गोल्डम्यानले गत हप्ता अमेरिकाको फेडरल कम्युनिकेशन कमीशन (एफसीसी) बाट स्टारलिंक स्याटेलाइट अन्तरिक्षको तल्लो कक्षामा अपरेट गर्ने अनुमति मागेका थिए ।

अमेजनको स्पेस कम्पनी ब्लू ओरेजनको प्लान भने आफू आफ्नो स्याटेलाइट ५९० किमीको उचाईमा स्थापित गर्ने रहेको छ ।तर मस्कको स्पेसएक्सलाई ५४० देखि ५७० किमी उचाईमा स्याटेलाइट स्थापित गर्ने अनुमति मिलेको छ ।

अमेजनको आरोप छ कि, यो उचाईमा स्याटेलाइट उसको र दोश्रो कूइपर प्रोजेक्ट र स्याटेलाइट सिग्नललाई नोक्शान पुर्याउनेछ ।तर स्पेसएक्स यो मान्दैन ।

अमेजनको स्याटेलाइट पनि अन्तरिक्षबाट इन्टरनेट सेवा दिनको लागि डिजाइन गरिएको छ ।यो विवाद अब संसारसामू आएको छ । दुवै बिजेनेसम्यान अन्तरिक्षको आफ्नो सपना पूरा गर्न चाहन्छन् ।

अमेजनले २६ जनवरीमा सोसल मिडियामा यो स्पेसएक्सको प्रस्तावले स्याटेलाइट सिस्टममा प्रतियोगिता बनाइरहेको बताएको थियो ।

अमेजनको जवाफ दिँदै मस्कले सोसल मिडियामा यो जनताको हितमा नभएको र केहि वर्ष पछि चलिरहेको अमेजनको स्याटेलाइट सिस्टमका लागि स्याटेलाइट डिसेबल गर्नुपर्छ ।

स्पेसएक्ससँग छन् १ हजार स्याटेलाइट

अमेजनलाई कम्युनिकेशन कमिशनमा ३ हजार २३६ वटा स्याटेलाइट लञ्च गर्न अनुमति मिलिसकेको छ । तर एलन मस्कको स्पेसएक्स कम्पनीले अहिलेसम्म एक हजार स्याटेलाइट लञ्च गरेको छ ।

यी सबै उसका स्टारलिंक इन्टरनेट सिस्टमका लागि हुन् । यो अमेरिका, क्यानडा र बेलायतका प्रयोगकर्तालाई सर्भिस दिइरहेको छ ।

मस्क संसारकै सबैभन्दा धनी व्यक्ति

संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्क २०६ बिलियन डलरसहित पहिलो नम्बरमा छन् भने जेफ बेजोस १८९ बिलियन डलरसहित दोश्रो नम्बरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?