उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्षहरुलाई दियो जिम्मेवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्षहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । महासंघले बिहीवार ८ पूर्व अध्यक्षहरुलाई विभिन्न जिम्मेवारी दिएको हो ।

जसअनुसार भवानी राणालाई सदस्य समिति, महेशलाल प्रधानलाई सल्लाहकार समिति, पद्य ज्योतीलाई व्यवसायीक आचारसंहिता फोरममा जिम्मेवारी दिइएको हो ।

बिहीवार (आज) एक कार्यक्रमकाबीच महासंघका अध्यक्ष शेखर गोल्छाले पूर्व अध्यक्षहरुबाट कार्यकारिणी समितिलाई सल्लाह, सुझाव तथा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?