भारतीय अलराउण्डर विजय शंकरले गरे विवाह

काठमाडौं । भारतीय क्रिकेट टीमका अलराउण्डर विजय शंकरले विवाह गरेका छन् ।

उनले बुधवार वैशाली विश्वेश्वरसँग विवाह गरेका हुन् ।

कोरोनाको कारण उनले सानो कार्यक्रम गरेर विवाह सकेका छन् ।

उनले २६ जनवरीमा मात्रै आफ्नो ३० औँ जन्मदिन मनाएका थिए ।

विजयले गत वर्षको अगस्टमै वैशालीसँग इन्गेज्मेन्ट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?