‘सीक्रेट्स अफ लव’मा आध्यात्मिक गुरु ओशो रजनीश बन्दै रवि किशन

काठमाडौं । केहि वर्ष यता बलिउडमा आध्यात्मिक गुरु ओशो रजनीशको बारेमा फिल्म बन्ने चर्चा थियो । निर्देशक शकुन बत्रा यसको प्लान बनाइरहेका थिए ।

जसको निर्माण गर्दै थिए करण जौहर । फिल्ममा आमिर खान र आलिया भाट रहने चर्चा थियो ।

अहिलेसम्म यो फिल्मको कुनै पनि प्रकारको अफिशियल अनाउन्समेन्ट भएको छै । यसैबीच रवि किशनले यसमा बाजी मारेका छन् ।

आमीर खान भन्दा पहिला रवि किशनले अब वेलजी भाई गाला निर्मित फिल्म सीक्रेट्स अफ लव मा ओशो रजनीशको रोलमा देखिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?