सिन्धुपाल्चोकमा ध्यानशाला निर्माण सम्पन्न

RSS
0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ पलातीमा बहुउद्देश्यीय योजनाअन्तर्गत इकोमेडिकेशन पार्क (ध्यानशाला) को निर्माण सम्पन्न भएको छ ।

पहिलो चरणमा चार करोडको लागतमा करीब ५०० जना अटाउने सुविधा सम्पन्न ध्यानशाला भवनको निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्ण न्यौपानेले जानकारी दिए । वाग्मती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १२ करोडको बजेटबाट तीन वर्षभित्र सम्पन्न हुनेगरी गत वर्षदेखि निर्माण शुरु भएको थियो । सुनकोशी सालधारी सामुदायिक वन क्षेत्रभित्र हुने उक्त स्थानमा यस वर्ष सुनकोशीस्थित कपेश्वर महादेव मन्दिर परिसरबाट भवनसम्म पुग्ने रेलिङसहितको दुई किलोमिटर सिँढीको लागि बोलपत्र आह्वान गरिएको बताइएको छ ।

आगामी वर्षभित्र त्यहाँस्थित बोक्से भन्ने स्थानमा अवस्थित प्राचीन गुफामा शिवको प्रतिमा स्थापना गर्ने लक्ष्य रहेको छ । त्यसैगरी बालउद्यान, वनभोजस्थल र बौध स्तुपासमेत निर्माण गरिने उपभोक्ता समितिका अध्यक्ष न्यौपानेले बताए । त्यहाँ निर्माण हुने संरचनाको लागि वन समिति, उद्योग वाणिज्य संघ, सम्बन्धित वडाका वडाध्यक्ष र सव डिभिजन वन कार्यालयका प्रतिनिधि समावेश समितिबाट अनगुमन गरिने व्यवस्था मिलाइएको छ ।

सबैलाई समेट्ने गरी ध्यानशाला निर्माण हुन लागेको बताउँदै नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रीनले अहिलको तानवयुक्त जिवनबाट उन्मुक्ति पाउन ध्यानतिर अकार्षित हुँदै गएको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?